one
विज्ञापन

१०औँ स्थापना दिवस के.के. इन्टरनेशनल स्कुल, धरान–१५

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरान–१५ स्थित के.के. इन्टरनेशनल स्कुल, धरान–१५ ले आफ्नो १०औँ स्थापना दिवस विविध आकर्षक कार्यक्रमसहित उत्साहपूर्वक मनाएको छ । बिहिबार र शुक्रबार आयोजित विशेष समारोहमा विद्यार्थीहरूको प्रस्तुति तथा अभिभावकहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई झनै भव्य बनाएको थियो ।
समारोहमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले बार्षिकोत्सवको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै पछिल्लो समय विद्यालयहरुले किताबी पढाइका अलावा आयोजिना गरिने बाहिरी ज्ञान र अतिरिक्त क्रियाकलापका कार्यक्रमले विद्यार्थीहरुको क्षमतामा विकास हुदै गएको बताउदै के के इन्टरनेशनल स्कुलले पनि अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेको आफूले पाएको बताउनुभयो ।
आफ्नै वडामा रहेको यो विद्यालयले शैक्षिक गतिविधिमा ठूलो योगदान पु¥याएको धरान १५ का वडाध्यक्ष नरेश इवारमले बताउनुभयो ।
स्कुलले आधुनिक कक्षाकोठा, सुसज्जित प्रयोगशाला, रोबोटिक्स ल्याब, कम्प्युटर ल्याब, र छुट्टै खेलमैदान जस्ता आधुनिक पूर्वाधार उपलब्ध गराउँदै नवीनतम शिक्षण पद्धति लागू गर्ने लक्ष्य राखेका विद्यालयका प्रिन्सिपल हरिषचन्द्र बुढाथोकीले बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले नृत्य, सांगीतिक प्रस्तुति तथा विविध प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा धरान कार्यपालिका सदस्य सृजना नेपाल, पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष हरि कार्की, स्कुलका अध्यक्ष प्रविण अग्रवाल, संचालक समितिका सदस्य असोक अग्रवाल, गिरिधारी सापकोटा लगायतको सहभागिता रहेको थियो ।
यस स्कुलले गुणस्तरीय शैक्षिक वातावरणका लागि अत्याधुनिक सुविधा सम्पन्न भौतिक संरचना निर्माण गर्दै आएको छ । यसै क्रममा, प्राथमिक तहका कक्षाहरूका लागि नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको स्कुलले जनाएको छ ।
हाल स्कुलमा करिब १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको स्कुल प्रशासनले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन