one
विज्ञापन

फाइनल खेलमा धरान ११ लाई १–० गोलले पराजित गर्दै धरान २० विजेता

Article Image
Article Image
Article Image
Article Image

धरान । धरान नगर अन्तर दोस्रो वडा महिला नकआउट रनिङकप फुटबल प्रतियोगिताको उपाधि धरान २० ले जितेको छ । धरान रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा धरान ११ लाई १–० गोलले पराजित गर्दै धरान २० ले उपाधि हात पारेको हो ।
खेलको ३१औँ मिनेटमा धरान २० की सञ्जिता राईले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा धरान ११ ले बराबरीको लागि पटक–पटक आक्रमण गरे पनि गोल गर्न नसक्दा उपविजेतामा सीमित हुनुप¥यो ।
उपाधिसँगै धरान २० ले नगद ९० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता धरान ११ ले नगद ४५ हजार रुपैयाँमा चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ द म्याच धरान २० की सञ्जिता राई घोषित भइन् । उनले नगद १ हजार ५ सय रुपैयाँ प्राप्त गरिन् । प्रतियोगिताका व्यक्तिगत विधामा पनि धरान २० ले उल्लेखनीय वर्चस्व कायम ग¥यो । बेष्ट गोलकिपर धरान २० की अनिशा राई तथा बेष्ट कोच दिनेश राई घोषित भए । उनीहरूले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी, प्लेयर अफ द टुर्नामेन्ट धरान २० की विजेता राई घोषित भइन् । उनले नगद ५ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल हात पारिन् ।
धरान ११ का खेलाडीहरूले पनि व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गरे । बेष्ट मिडफिल्डर अनिसा राई, हाई स्कोरर शिक्षाआ याक्खा तथा राइजिङ प्लेयर प्रशंसा राई घोषित भए । उनीहरूले जनही नगद ३ हजार ५ सय रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन