मिति २०८२ मंसिर २५ गते तद्नुसार ११ डिसेम्बर, २०२५ मा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र छिमेकी राष्ट्र भारतको पोंडीचेरी राज्यमा अवस्थित श्री बालाजी विद्यापिठ विश्वविद्यालय बिच आपसी सहयोग आदान प्रदान सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएको छ । चिकित्सा शिक्षाका यी दुई शिक्षण संस्थाहरु बिच शैक्षिक सहयोग, सांस्कृतिक आदान प्रदान, पारस्परिक समृद्धीका लागि सहयोगी गतिविधिहरु सञ्चालन गर्ने, शिक्षक तथा विद्यार्थीहरु आदान प्रदान गर्ने, संयुक्त रुपमा अनुसन्धान परियोजनाहरु सञ्चालन गर्नुका साथै अनुसन्धानको नैतिकता, चिकित्सा शिक्षाको नविनतालाई साझा मुल्य मान्यता बनाई प्रवर्धन गर्ने, निरन्तर चिकित्सा शिक्षा जस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने जस्ता उदेश्यका साथ गरिएको उक्त समझदारीबाट दुवै संस्थाहरु लाभान्वित हुने विश्वास लिइएको छ ।
प्रतिष्ठानको उपकुलपति कार्यलयको बैठक कक्षमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका तर्फबाट शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्माज्यू, डीन प्रा.डा. शिवेन्द्र झा, सहायक डीन डा. वीम्मी सिंह तथा एनाटोमी विभागका एडिसनल प्रोफेसर डा. संदिप साहको उपस्थिति रहेको थियो भने श्री बालाजी विद्यापिठ विश्वविद्यालयका तर्फबाट Institute of Health Professions Education (IHPE) की निर्देशक प्रा.डा. एम. शिवाशक्तिज्यूको उपस्थिति रहेको थियो । त्यसका साथै, सो विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. एन. आर. विश्वासज्यू लगायत अन्य पदाधिकारीहरु भर्चुअल रुपमा उपस्थित हुनुहुन्थ्यो । उक्त समझदारीपत्रमा प्रतिष्ठानका तर्फबाट निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्माज्यू र श्री बालाजी विद्यापिठ विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा. श्रीनिवासनले हस्ताक्षर गर्नुभएको छ । सो समझदारीपत्रमा साक्षीका रुपमा प्रतिष्ठानका तर्फबाट डीन प्रा.डा. शिवेन्द्र झाले र विद्यापिठका तर्फबाट प्रा.डा. एम. शिवाशक्तिले हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।