धरानमा पुरुषोत्तम मासको अवसर पारेर भव्य कार्यक्रमको आयोजना गरिएको छ । हिन्दू धर्ममा पुरुषोत्तम मास, अधिक मास वा मलमासका रूपमा परिचित यो महिना आध्यात्मिक शुद्धि, व्रत, जप, तप तथा दान–पुण्यका लागि सबैभन्दा पवित्र र पुण्यदायी समय मानिन्छ । ज्योतिषीय गणनाअनुसार सूर्य र चन्द्र पात्रोबीचको समयान्तर मिलाउन करिब प्रत्येक तीन वर्षमा एउटा अतिरिक्त महिना थपिने गर्दछ, जसलाई अधिक मास भनिन्छ ।
धरानमा राधेश्याम महिला जागरण समूहले कार्यक्रमको आयोजना गरेको हो । पण्डित भीमप्रसाद निरौलाका अनुसार सुरुमा यो महिनाको कुनै अधिष्ठाता देवता थिएनन् र यसलाई शुभ कार्यका लागि अनुपयुक्त मानिन्थ्यो । उपेक्षा र तिरस्कार सहन नसकेर अधिक मास भगवान् विष्णुको शरणमा पुगेपछि उहाँले यसलाई आफ्नो ‘पुरुषोत्तम’ नाम प्रदान गर्दै सबै महिनामध्ये श्रेष्ठ र पवित्र महिनाका रूपमा प्रतिष्ठित गर्नुभएको र त्यसयता अधिक मास पुरुषोत्तम मासका नामले प्रसिद्ध रहको मान्यता रहँदै आएको छ ।
धार्मिक जागरणमार्फत महिलाहरुलाई जागरुक बनाउने उद्देश्यले राधेश्याम महिला जागरण समूह स्थापना भएको र समय समयमा यो समूहले समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको समूहकी अध्यक्ष सावित्रा आचार्यले बताउनुभयो ।
धार्मिक विश्वासअनुसार यस महिनामा गरिने जप, तप, पूजा, व्रत, दान तथा सत्कर्मले विशेष पुण्य प्राप्त हुने र मानिसका पाप क्षय भई आध्यात्मिक उन्नति हुने मान्यता रहेको छ । अन्य समयको तुलनामा यस अवधिमा गरिएको दानको फल हजारौँ गुणा बढी प्राप्त हुने विश्वास रहेको पण्डित निरौलाले बताउनुभयो ।
हिन्दू धर्मावलम्बीहरूका लागि भक्ति, साधना, आत्मशुद्धि र पुण्य आर्जनको विशेष समय मानिने पुरुषोत्तम मासले धार्मिक आस्था र आध्यात्मिक जीवनलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।