निर्माण सम्पन्न भइसक्दा पनि धरान ८ सुन्दरबस्तीमा निर्माण सम्पन्न भइसकेको बसपार्क अझै सर्न सकेको छैन । बसपार्क सार्नका लागि उपमहानगरपालिकाले पटकपटक पहल गर्दा समेत सर्न नसकेको हो ।
धरानको मुख्य व्यापारिक केन्द्र भानुचौकको बढ्दो ट्राफिक चाप घटाउने र व्यवस्थित सहरीकरण गर्ने उद्देश्यसहित २०५८ सालमा सुरु गरिएको नयाँ बसपार्क निर्माण योजना अन्ततः पूरा भएको छ । तर, निर्माण सम्पन्न भइसक्दा पनि बसपार्क पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
धरान–८ स्थित सुन्दर बस्तीमा करिब एक विघा सात कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त आधुनिक बसपार्क ‘बिकोइ गीताञ्जली जेभी, दुहबी–सुनसरी’ ले २३ करोड १५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । सो स्मार्ट बसपार्क सञ्चालनका लागि इटहरीको ब्रदर्स टे«ेडर्सले मूल्यबृद्धि करसहित एक करोड एक लाख ८१ ह्जार तीन सयमा ५ बर्षकालागि ठेक्का लिइसकेको अवस्था छ । धरान उपमहानगरपालिकाका बरिष्ठ कर अधिकृत एवम् सुन्दरबस्ती विकास आयोजनाका प्रमुख खगेन्द्र खतिवडाले बस पार्क निर्माण अवधि पनि लामो भएको, सञ्चालन गर्न पनि नसिकएको अवस्थामा बसपाको पूर्वाधार तयार गर्ने, कानूनी प्रावधानलाई सहज बनाउने लगायतका कारणले बस पार्क सञ्चालनमा ढिलाई भएको उहाँको भनाई छ । उहाँले बसपार्क कार्यविधि सञ्चालन तयार भइसकेकोले चाँडै नै भानुचौकबाट धरान ८ सुन्दरबस्तीको स्मार्ट बसपार्कमा सर्ने बताउनुभयो ।
यद्यपी यात्रु वसका सञ्चालकहरुले सार्ने विषयमा मिश्रित अभिव्यक्ति दिएका छन् । केहीले बसपार्क सार्ने कुरामा आफूहरु उत्साहित भएको बताएका छन् भने कोहीले बसपार्क सार्नुभन्दा अगाडिका व्यवस्थापकीय पक्षलाई पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने माग राख्दै आएका छन् ।
बसपार्क असार १ गतेबाट सर्ने भनिए तापनि तोकिएको समय अवधिमा नि सर्ने छाटकाँट देखिएको छैन ।
हुन त बसपार्कको भुइँ तलामा करिब ३ सय यात्रु अट्ने विशाल प्रतिक्षालय, आधुनिक टिकट काउन्टर, एटिएम बुथ, सिसीटिभी निगरानी प्रणाली तथा सुरक्षा कक्षको व्यवस्था गरिएको छ । साथै, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट लगायत यात्रु चढ्ने–ओर्लने व्यवस्थित स्थानहरू समेत निर्माण गरिएका छन् । स्थानीय यातायातलाई लक्षित गर्दै २२ वटा अटो सञ्चालन गर्न मिल्ने छुट्टै स्थान पनि छुट्याइएको छ । तर व्यवसायीहरुले भने निर्माण सम्पन्न भएपनि व्यवस्थापकीय पक्ष भने अझै अन्यौलता नै रहेकोले त्यसलाई सर्नु अघि पूर्णता दिनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।