one
विज्ञापन

धरान–९,गौतम पथमा सञ्चालनमा रहेको होलिल्याण्ड इन्टरनेशनल कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै पूर्वकै शैक्षिक क्षेत्रमा एक विशिष्ट पहिचान बनाउन सफल

धरान । धरान–९,गौतम पथमा सञ्चालनमा रहेको होलिल्याण्ड इन्टरनेशनल कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै पूर्वकै शैक्षिक क्षेत्रमा एक विशिष्ट पहिचान बनाउन सफल भएको छ । कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन विषय अध्यापन गराउँदै आएको यस कलेजले विद्यार्थीहरूको केवल शैक्षिक उपलब्धि मात्र नभई उनीहरूको समग्र व्यक्तित्व विकास र नेतृत्व क्षमता निखार्न आधुनिक शिक्षण पद्धतिको कुशल उपयोग गरिरहेको छ ।

कलेज प्रशासनका अनुसार पूर्ण रूपमा अनुशासित र शान्त शैक्षिक वातावरण निर्माणमा कलेज कटिबद्ध रहँदै आएको छ । हाल कलेजले विद्यालय र अभिभावकबीचको दूरी कम गर्न आधुनिक डिजिटल प्रणालीमार्फत हरेक विद्यार्थीको शैक्षिक प्रगति, उपस्थिति र आन्तरिक मूल्यांकनको अनुगमन गरिरहेको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीहरू कलेजको यो नवीन वातावरणप्रति निकै उत्साहित छन ्। कलेजमा अध्ययनरत विद्यार्थी आयुषा कार्कीले होलिल्याण्ड कलेज केवल पढ्ने ठाउँ मात्र नभई यहाँको डिजिटल लर्निङ सिस्टम र अनुभवी शिक्षकहरूको प्रत्यक्ष सहयोगले गर्दा आत्मविश्वास निकै बढेको बताउछन् । त्यस्तै, अर्की विद्यार्थी अनमिका राजधामीले पनि आफ्नो अनुभव सुनाउँदै यहाँ सैद्धान्तिक ज्ञान मात्र दिइँदैन, नियमित अतिरिक्त क्रियाकलाप र सामाजिक उत्तरदायित्वका कामहरूमा पनि सहभागी गराइने बताउनु भयो ।

कलेजले विद्यार्थीहरूको पढाइ र गृहकार्यको सक्रिय सूचना प्रवाह गर्ने व्यवस्था गरेका कारण अभिभावक वर्ग पनि कलेजप्रति उत्तिकै सन्तुष्ट र विश्वस्त देखिन्छन् । यसै कलेजका अभिभावक राजु परियारले आफ्ना बच्चाहरू कत्तिको पढिरहेका छन् भन्ने कुरा डिजिटल एप मार्फत सजिलै थाहा पाउन सकिने भएकोले कलेजको शैक्षिक स्तर, उत्कृष्ट अनुशासन र शिक्षकहरूको स्नेहपूर्ण व्यवहारका कारण हामी अभिभावकहरू ढुक्क भएको बताए । अर्का अभिभावक कल्पना लिम्बुले होलिल्याण्डले विद्यार्थी र अभिभावकबीच प्रभावकारी समन्वयले कलेजले सधैं गुणस्तर र अनुशासनमा सम्झौता नगर्ने नीति लिएको बताउदै धरान क्षेत्रमा यो साँच्चै नै उत्कृष्ट र भरपर्दो संस्था बनेको बताउनु भयो ।

कलेजका CEO लोकेन्द्र श्रेष्ठले कलेजको समग्र भिजन र भविष्यको लक्ष्यबारे प्रष्ट पारे उनले कलेजकोे मुख्य उद्देश्य विद्यार्थीहरूलाई उच्च शिक्षा र व्यावसायिक यात्राका लागि सक्षम, नैतिक र जिम्मेवार नागरिक बनाउनु रहेको बताउदै अनुभवी प्राध्यापकहरूको समूह, प्रविधियुक्त कक्षाकोठा, र निरन्तर आन्तरिक मूल्यांकन नै कलेजकोे विशेषता रहेको बताउनु भयो ।

गुणस्तरीय शिक्षा, प्रविधिको सही सदुपयोग, कडा अनुशासन र सृजनात्मक सिकाइकै कारण होलिल्याण्ड इन्टरनेशनल कलेजले धरान र पूर्व क्षेत्रका अनगन्ती विद्यार्थी तथा अभिभावकहरूको मन जित्न सफल भएको छ । अनुभवी नेतृत्व र समयसापेक्ष शिक्षाका कारण यो संस्था यस क्षेत्रमै अग्रणी शैक्षिक धरोहरका रूपमा रहने सुनिश्चित देखिन्छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन