धरान । समाजमा आर्थिक अभाव, शारीरिक अशक्तता वा सामाजिक पछौटेपनका कारण अवसरबाट वञ्चित हुने मानिसहरूका लागि धरान–१९ स्थित अपांग तथा असहाय केन्द्र, धरान आशाको भरोसा मात्र होइन, सहयोगको सशक्त पुल बनेको छ । स्थापना कालदेखि नै केन्द्रले अपांगता भएका व्यक्ति, असहाय परिवार तथा विपन्न समुदायलाई शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवश्यक जीवनोपयोगी सामग्री उपलब्ध गराउँदै उनीहरूको जीवनस्तर उकास्न निरन्तर प्रयास गर्दै आएको छ ।
केन्द्रले सरकारी निकाय, व्यापारी, व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूसँग समन्वय गरी आवश्यकता र सहयोगबीच सेतुको भूमिका निर्वाह गर्दै आएको छ । यही अभियानअन्तर्गत हालसम्म १०५औँ पटक लक्षित वर्गलाई सहयोग वितरण गरिसकेको छ ।
यस अवसरमा व्यवसायी अशोक अग्रवालको सहयोगमा विपन्न १८ परिवारलाई खाद्यान्न, तीन जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा फोक्सोको गम्भीर समस्याबाट पीडित झुम्काकी बालिका स्मारिका चौधरीको औषधि उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको थियो । साथै, लक्षित वर्गको रोजगारी प्रवद्र्धनका लागि तीनमहिने ड्रेस डिजाइनिङ तालिममा सहभागी ९ जना महिलालाई सिलाइ मेसिन, ५ जनालाई एसी, फ्रिज तथा मोटर बाइन्डिङसम्बन्धी औजार खरिदका लागि सहयोग उपलब्ध गराइएको थियो । यसैगरी अध्ययनरत दुई जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले आर्थिक सहयोग तथा दुई जना दीर्घरोगीलाई एक महिनाका लागि आवश्यक औषधि वितरण गरिएको थियो ।
सो अवसरमा बोल्दै कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले संसारमा कोही पनि पूर्ण नहुने उल्लेख गर्दै फरक क्षमता वा आर्थिक अभावलाई कमजोरीका रूपमा नलिई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले अपांग तथा असहाय केन्द्रले समाजका लक्षित वर्गका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
यसैगरी सुधार नेपालका अध्यक्ष निनाचन्द राईले फरक क्षमता भएका व्यक्तिहरूले समाजमा प्रेरणादायी उदाहरण प्रस्तुत गरिसकेको उल्लेख गर्दै स्पष्ट लक्ष्य र निरन्तर प्रयासबाट सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षा नै भविष्य परिवर्तन गर्ने सबैभन्दा बलियो माध्यम भएकाले विद्यार्थीलाई निरन्तर अध्ययनमा लाग्न प्रेरित गर्दै संस्थासँग आफ्नो सहकार्य निरन्तर रहने बताउनुभयो ।
यस्तै, निरन्तर १०५ पटकसम्म अपांग तथा असहाय तथा विपन्न वर्गलाई खाद्यान्न र आवश्यक सामग्री वितरण गर्दै आउनुभएका व्यवसायी अशोक अग्रवालले आफू बाँचुञ्जेल सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अपांग तथा असहाय केन्द्रले स्थानीय तथा प्रदेश सरकार, विभिन्न संघसंस्था र सहयोगी हातहरूसँग सहकार्य गर्दै छात्रवृत्ति, शैक्षिक सामग्री वितरण, विद्यालय भर्ना, स्वास्थ्य उपचार, स्वास्थ्य बीमा तथा खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री वितरणलाई निरन्तरता दिँदै आएको छ ।
समाजका विभिन्न क्षेत्रलाई एकै ठाउँमा जोड्दै आवश्यकतामा परेकाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने केन्द्रको अभियानले धरानसहित आसपासका क्षेत्रमा पनि विश्वास जगाएको छ । सेवा, समर्पण र मानवीय संवेदनालाई केन्द्रमा राखेर अघि बढिरहेको यस संस्थाले सहयोगको संस्कृतिलाई अझ सुदृढ बनाउँदै प्रेरणादायी उदाहरण प्रस्तुत गरिरहेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।