one
विज्ञापन

धरान उपमहानगरपालिका–४ खैरेनीटार र वडा नं. १५ खत्रीधाराको सीमा क्षेत्रमा रहेको सेउती खोलामा सूर्यनारायण भगवानको भव्य मन्दिर निर्माण गरी मूर्ति प्राणप्रतिष्ठा

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरान उपमहानगरपालिका–४ खैरेनीटार र वडा नं. १५ खत्रीधाराको सीमा क्षेत्रमा रहेको सेउती खोलामा सूर्यनारायण भगवानको भव्य मन्दिर निर्माण गरी मूर्ति प्राणप्रतिष्ठा गरिएको छ । मधेशी सेवा समाज, शिव शिक्षा परिवार तथा विभिन्न सामाजिक संघसंस्थाको अग्रसरतामा निर्माण सम्पन्न भएको मन्दिरले अब सेउती खोलामा वर्षेनी हुने छठ पर्वलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

पूर्वी नेपालकै प्रमुख छठ घाटमध्ये एक मानिने सेउती खोलामा हरेक वर्ष तराई–मधेश तथा पहाडी समुदायका हजारौं श्रद्धालु अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्न भेला हुने गरेका छन् । तर स्थायी पूर्वाधारको अभाव, जथाभावी घाट निर्माण, सरसफाइको समस्या तथा भीड व्यवस्थापनका चुनौतीका कारण प्रत्येक वर्ष श्रद्धालुले विभिन्न कठिनाइ भोग्दै आएका थिए । छठ पर्वपछि खोलाको किनारमा फोहोरमैला थुप्रिने, वातावरण प्रदूषित हुने र सुरक्षाको दृष्टिले समेत चुनौती सिर्जना हुने गरेको थियो ।
यही समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यका साथ मधेशी सेवा समाज, शिव शिक्षा परिवार तथा स्थानीय संघसंस्थाहरूको सहकार्यमा सेउती खोला किनारमा सूर्यनारायण भगवानको मन्दिर निर्माण गरिएको हो । हालै वैदिक विधिअनुसार विशेष धार्मिक अनुष्ठानका बीच मन्दिरमा भगवान सूर्यनारायणको मूर्ति प्राणप्रतिष्ठा गरिएको छ ।
शिव शिक्षा परिवारकी अध्यक्ष रेखा साहले मन्दिर निर्माणसँगै सेउती खोलामा छठ पर्व सभ्य, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । विगतमा पूर्वाधारको अभावका कारण श्रद्धालुले सास्ती खेप्नुपरेको स्मरण गर्दै उहाँले अब स्थायी धार्मिक संरचना निर्माण भएपछि पूजाआजा धार्मिक मर्यादा र व्यवस्थापनका साथ सम्पन्न हुने बताउनुभयो । मन्दिरको प्राण प्रतिष्ठान भइसकेका कारा अब सहज हुने बताउनुभयो ।

मधेशी सेवा समाजका अध्यक्ष महेन्द्र कायस्थले जथाभावी खोला किनारमा छठ पर्व मनाउँदा वातावरणीय प्रदूषण र सुरक्षा जोखिम बढ्दै गएको अवस्थामा स्थायी समाधानका रूपमा मन्दिर निर्माण गरिएको बताउनुभयो । उहाँले अब सेउती खोलालाई व्यवस्थित छठ घाटका रूपमा मात्र नभई धरानको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले संकलित रकमले मन्दिर निर्माणसँगै भविष्यमा ठूलो धर्मशाला निर्माण गर्ने योजना समेत अगाडि सारिएको बताउनुभयो ।

स्थानीयका अनुसार सूर्यनारायण भगवानको मन्दिर निर्माणले छठ पर्वलाई थप व्यवस्थित बनाउनुका साथै सेउती खोलाको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत््वलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ । धार्मिक आस्था, वातावरण संरक्षण र सामाजिक सद्भावलाई एकसाथ जोड्ने यस अभियानले धरानमा धार्मिक पर्यटन विकासका लागि नयाँ सम्भावना सिर्जना गरेको आयोजकहरूको अपेक्षा छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन