one
विज्ञापन

धरानमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आफ्नो स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा भव्य कार्यक्रमका बीच हीरक जयन्ती (६०औँ वार्षिकोत्सव) सम्पन्न

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरानमा स्थापित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आफ्नो स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा भव्य कार्यक्रमका बीच हीरक जयन्ती (६०औँ वार्षिकोत्सव) सम्पन्न गरेको छ । समारोहमा विभिन्न क्षेत्रका व्यवसायी, समाजसेवी, बुद्धिजीवी, साधक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले विगत ६ दशकदेखि केन्द्रले निःशुल्क राजयोग ध्यान, आध्यात्मिक शिक्षा र नैतिक मूल्य प्रवद्र्धनमार्फत व्यक्तिको मानसिक, नैतिक तथा आध्यात्मिक विकासमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।
सो अवसरमा व्यवसायी रामस्वरुप शर्माले आजको तीव्र प्रतिस्पर्धात्मक र तनावपूर्ण जीवनशैलीमा राजयोग ध्यान मानसिक सन्तुलन कायम राख्ने प्रभावकारी माध्यम बनेको बताउनुभयो । उहाँले ध्यानले मनलाई शान्त, एकाग्र र सकारात्मक बनाउँदै नैतिक निर्णय क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आफ्नो अनुभव सुनाउनुभयो ।

कार्यक्रममा केन्द्रकी अध्यक्ष तथा मुख्य सञ्चालिका राजयोगिनी ब्रह्माकुमारी नानी मैयाले संस्थाको मूल उद्देश्य प्रत्येक व्यक्तिभित्र रहेको सकारात्मक शक्ति जागृत गर्दै आत्मपरिवर्तनमार्फत समाज रूपान्तरणमा योगदान पु¥याउनु रहेको बताउनुभयो । उहाँले ६० औं बर्ष पुगेकोमा शुभकामना प्रदान गदैै उपस्थित सबैलाई ज्ञान प्रदान गर्नुभएको थियो ।

त्यस्तै समाजसेवी सरला कायस्थले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले महिला सशक्तीकरण, पारिवारिक सद्भाव, युवा पुस्तामा नैतिक मूल्यको विकास तथा सामाजिक चेतना अभिवृद्धिमा उल्लेखनीय योगदान दिएको बताउनुभयो । उहाँले योग ध्यानले शारीरिक तथा मानसिक सन्तुलनमा ठूलो प्रभाव पार्ने धारणा राख्नुभयो ।

धरान १ मा रहेको यो केन्द्रले नियमित रूपमा निःशुल्क राजयोग ध्यान, आध्यात्मिक ज्ञान तथा गीता सारसम्बन्धी कक्षा, तनाव व्यवस्थापन तथा सकारात्मक सोचसम्बन्धी प्रशिक्षण, युवा तथा विद्यार्थी लक्षित नैतिक शिक्षा कार्यक्रम, विश्वशान्ति र सामाजिक सद्भावसम्बन्धी जनचेतनामूलक कार्यक्रम, साथै रक्तदान, स्वास्थ्य सचेतना र वृक्षारोपणजस्ता सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धरानले विगत ६ दशकदेखि आध्यात्मिक जागरण, आत्मअनुशासन, नैतिक जीवनशैली र सकारात्मक सोचको विकासमार्फत समाजमा शान्ति र मानवीय मूल्य प्रवद्र्धन गर्दै आएको आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन