one
विज्ञापन

चौतर्फी सुधार , हाम्रो आधार“ भन्ने मूल नारालाई व्यवहारमै उतार्ने प्रयासस्वरूप सामाजिक संस्था सुधार नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर......

धरान । धरान–१३ को अमरपथस्थित धरान ब्याङवेट परिसर शनिबार बिहानदेखि नै असाध्यै व्यस्त देखिन्थ्यो । हातमा स्वास्थ्य जाँच कार्ड बोकेका ज्येष्ठ नागरिकहरू पालैपालो आफ्नो पालो कुरिरहेका थिए । कसैले रक्तचाप जाँच गराइरहेका थिए, कसैले सुगर परीक्षण गराइरहेका थिए भने कोही विशेषज्ञ चिकित्सकसँग आफ्नो लामो समयदेखिको स्वास्थ्य समस्याबारे खुलेर परामर्श गरिरहेका थिए ।

अस्पतालको भीड, महँगो उपचार र लामो लाइनको झन्झटबाट केही समयका लागि भए पनि राहत दिलाउने उद्देश्यसहित सामाजिक संस्था सुधार नेपालले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरले सयौँ ज्येष्ठ नगरिकले लाभ लिएका थिए ।
“चौतर्फी सुधार ः हाम्रो आधार“ भन्ने मूल नारालाई व्यवहारमै उतार्ने प्रयासस्वरूप आयोजित शिविरमा धरान तथा आसपासका क्षेत्रका ज्येष्ठ नागरिकहरू उत्साहपूर्वक सहभागी भए । उमेरका कारण नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने, अस्पतालसम्म पुग्न कठिन हुने तथा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने नागरिकहरूका लागि यो शिविर ृउहाँहरुको अवसर बनेको थियो ।
कार्यक्रमका आयोजक तथा सुधार नेपालका अध्यक्ष निनाचन्द्र राईले संस्थाले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व र मानवीय सेवालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो । ज्येष्ठ नागरिकलाई अस्पतालको झन्झटबाट मुक्त गराई आफ्नै समुदायमा सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु संस्थाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

शिविरमा रक्तचाप, रगतमा ग्लुकोज (सुगर) परीक्षण तथा रक्तसमूह परीक्षण निःशुल्क गरिएको थियो । परीक्षणपछि आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकहरूले व्यक्तिगत स्वास्थ्य परामर्श दिएका थिए भने चिकित्सकको सिफारिसअनुसार आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिएको थियो ।
यस शिविरमा चार जना अनुभवी विशेषज्ञ चिकित्से। छाला तथा यौन रोग विशेषज्ञ द्वारा चेकचाड गरिएको थियो । डा. अन्जन राई, वरिष्ठ फिजिसियन तथा मधुमेह, थाइराइड र हर्मोन रोग विशेषज्ञ डा. अविनाश राई, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. कुमार गुरुङ र वरिष्ठ फिजिसियन डा. श्यामसुन्दर यादवले ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा चेकजाँच गरेका थिए ।
शिविरमा सहभागी भएका अधिकांश ज्येष्ठ नागरिकले आफ्नै टोलछिमेकमा विशेषज्ञ चिकित्सकबाट सेवा पाउनु आफूहरूका लागि ठूलो राहत भएको प्रतिक्रिया दिएका छन् । अस्पतालसम्म पुग्नुपर्ने बाध्यता हटेको, महँगो उपचार खर्च बचत भएको र आफ्ना स्वास्थ्य समस्याबारे खुलेर परामर्श गर्न पाएको भन्दै उनीहरूले आयोजकप्रति आभार व्यक्त गरेका छन् ।

आजको बदलिँदो सामाजिक परिवेशमा ज्येष्ठ नागरिकको स्वास्थ्य, सम्मान र सुरक्षाप्रति समाजको उत्तरदायित्व बढ्दै गएको छ । यस्ता निःशुल्क स्वास्थ्य शिविरले उपचार सेवा मात्रै प्रदान गर्दैनन्, ज्येष्ठ नागरिकलाई समाजले सम्झिरहेको छ भन्ने आत्मीय अनुभूति पनि दिलाउँछन् । सुधार नेपालको यो पहलले सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै स्वास्थ्य सेवालाई समुदायसम्म पु¥याउने अभियानमा महत्वपूर्ण योगदान दिएको सहभागीहरूको विश्वास छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन