one
विज्ञापन

लामो समयदेखि विशिष्ट योगदान पु¥याउँदै आएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र धरान शहर बसाउने परिवारका सदस्य तथा बरिष्ठ समाज सेवी सरला कायस्थलाई लाई भव्य नागरिक अभिनन्दन

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । पासा खल धरानको आयोजनामा कुटुम्ब ब्याण्डको प्रस्तुति संगै दुइ जनालाई सम्मान गरिएको छ । हिज धरानको भानुचौकमा आयोजित कार्यक्रममा नेपाली रंगमञ्च, हास्यव्यङ्ग्य, चलचित्र तथा सामाजिक चेतनाका क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि विशिष्ट योगदान पु¥याउँदै आएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र धरान शहर बसाउने परिवारका सदस्य तथा बरिष्ठ समाज सेवी सरला कायस्थलाई लाई भव्य नागरिक अभिनन्दन गरिएको हो । पासा खलः धरानको आयोजनामा सम्पन्न विशेष सांस्कृतिक कार्यक्रममा मौलिक नेवारी बाजागाजा र परम्परागत धुनलाई विश्वमञ्चसम्म पु¥याउँदै आएको कुटुम्ब ब्यान्डको ऐतिहासिक प्रस्तुति रहेको थियो ।

नेवारी भाषा, कला, संस्कृति र मौलिक बाजागाजाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कुटुम्ब ब्यान्डले परम्परागत वाद्यवादनमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । त्यसपछि मञ्चमा उक्लिनुभएका ७४ वर्षीय श्रेष्ठले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा हजारौँ दर्शक लामो समयसम्म ताली र सम्मानका साथ सहभागी बने ।
सम्मान ग्रहणपछि सम्बोधन गर्दै श्रेष्ठले नेपाली कला क्षेत्रमा स्थापित ‘मह जोडी’ कुनै दुई व्यक्तिको नाम मात्र नभई जीवनभरको साधना, विश्वास र जनताले दिएको मायाबाट बनेको साझा संस्थागत पहिचान भएको बताए । उनले मह जोडी जिन्दगीभरिको कमाइ भएको बताउँदै यो केवल मदनकृष्ण र हरिवंशको नाम नभई जनताको विश्वासबाट निर्माण गरेको एउटा साझा ब्राण्ड भएको बताउनुभयो ।

आफ्नो कलाकारिता यात्राको स्मरण गर्दै उनले आफूहरूले कुनै असाधारण काम नगरेको, समय र जनताले मागे अनुसारको भूमिका मात्र निर्वाह गरेको उल्लेख गर्दे पञ्चायतकालमा पनि जनताको पीडा, अन्याय, भ्रष्टाचार र विकृतिलाई व्यङ्ग्य नाटक मार्फत प्रस्तुत गरेको स्पष्ट पारे ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको विविध भाषा, धर्म, कला र संस्कृतिको संरक्षणबाट मात्रै राष्ट्रिय एकता अझ सुदृढ हुने बताए । उनले धरानका युवा तथा पासा खलःले नेवारी बाजागाजा र सांस्कृतिक सम्पदाको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता अभियानलाई प्रदेश सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका जनप्रतिनिधि, विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाका प्रतिनिधि, साहित्यकार, कलाकार र हजारौँ स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पासा खलः धरानले स्थापना कालदेखि नै नेवारी भाषा, लिपि, बाजागाजा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसपटकको कार्यक्रमले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठप्रतिको सम्मान मात्र होइन, नेपाली मौलिक कला र सांस्कृतिक पहिचान संरक्षणप्रतिको सामूहिक प्रतिबद्धतालाई समेत थप बलियो बनाएको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन