विराटनगर ,
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले आंगिक शिक्षालयमा ईन्जिनियरिङ बिषय अध्यनरत विद्यार्थीहरुले अब आफनै ठाउँमा बीटेक अध्यन गर्नपाउने बताएका छन ।
विश्विद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निककको विद्यार्थी अभिमुखिकरण कार्यक्रममा बोल्दै उपकुलपति डा।पोखरेलले तीन बर्षे ईन्जिनियरिङ उत्तीर्ण विद्यार्थीहरुले अब विश्वविद्यालयमै स्नातक तहको बीटेक (ब्याचलर अफ टेक्नोलोजी ईन ईन्जिनियरिङ) अध्यन गर्न पाउने बताएका हुन ।
उकुलपति पोखरेलका अनुसार आंगिक शिक्षालयमा विभिन्न बिषयमा तीन बर्षे डिप्लोमा उत्तीर्ण विद्यार्थीहरुका लागि मनमोहन विश्वविद्यालयले बीटेक ईन्जिनियरिंगको पाठक्रम तयार गरिसकेकोले अब यसै शैक्षिक सत्रदेखी पढाई सञ्चालन गराउदैछ । चालु शैक्षिक सत्रमा विभिन्न बिषयमा डिप्लोमा ईन ईन्जिनियरिङ पढन भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण गराउदै उपकुलपति पोखरेलले भने ‘अब आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकबाट उत्तीर्ण विद्यार्थीहरुले थप उच्च शिक्षा पढन अन्यत्र जानुपर्ने पर्नेछैन हामीले नेपालमै पहिलो पटक बीटेकको पाठक्रम तयार गरेर शैक्षिक सत्र सञ्चालन गराउदैछौ ।’
मनमोहन प्राविधिक विश्वविद्यालय प्राविधिक तथा प्राविधिक शिक्षा र तालिम ( टिबीईटी ) विश्वविद्यालय भएकोलेआंगिक शिक्षालयहरु मार्फत निरन्तर आत्मनिर्भर जनशक्त्ति उत्पादनमा जोड दिदै गएको उपकुलपति पोखरेलले जानकारी दिए ।
प्राचार्य ईन्जिनियर सुदिप अधिकारीले डिप्लोमा ईन ईन्जिनियरिङ अध्यन गर्ने विद्यार्थीहरुको पढाईको गुणस्तरका लागि आफुहरु सबै प्रकारले सधै सक्षम र सफल भएकै कारण मनमोहन पोलिटेक्निकका चार पटक देशकै उत्कृष्ट शिक्षालय बन्न सफल भएको बताए । उनका अनुसार पोलिटेक्निकबाट डिप्लोमा हासिल गरेका विद्यार्थीहरु देशमा मात्र नभएर विदेशमा समेत रोजगारीमा सक्षम सावित भैरहेका छन । त्यो भन्दा धेरै आफै आत्मनिर्भर बनेर उद्यम सञ्चालन गरिरहेका छन । प्रचार्य अधिकारीले भने , ‘हाम्रा विद्यार्थीहरु निजी वा सरकारी क्षेत्रमा देशैभर सफल भएका छन यो हाम्रो गर्व हो ।,’
पोलिटेक्निक प्रशासन प्रमुख जानकी लेखीले अध्यनरत विद्यार्थीहरुलाई आफुहरुले जागिर बनाउन मात्र हैन आफै आत्मनिर्भर हुने उद्यमी उत्पादन गर्न लगानी गर्दै आएको बताइन ।
विद्यार्थीहरुलाई स्वागतगर्दै विभागीय प्रमुख संन्दिप दहालले मनमोहनमा अध्यनगर्ने विद्यार्थीहरुले अनुशासनको पालना र आफनो पढाईको गुणस्तरमा सधै ख्याल गर्ने गरेकै कारण व्यवहारिक जीवनमा पनि सफलता पाउन सकेको बताए ।
पोलिटेक्निकको सिभिल , ईलेक्ट्रिक , ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, आर्किटेक्चर, आईटी र मेकानिकल लगायतका ईन्जिनियरिङ बिषय अध्यन गर्न भर्ना भएका दुईसय जना नयाँ विद्यार्थीहरुलाई विभागीय प्रमुखहरु युवराज चौधरी , रामकुमार यादव , दिपेन्द्र यादव लगायतले स्वागत गरेका थिए ।
मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा शुक्रबार आयोजित उक्त्त कार्यक्रममा विश्वविद्यालय संरक्षण समिति सदस्यहरु सत्यनारायण चौधरी , काशीम मियाँ बलभद्र चौधरी, सेवा आयोगका अध्यक्ष दामोदर थापा , परिक्षा नियन्त्रण डडभीमप्रसाद काफले लगायत दुहबी , बुढीगंगा , ग्रामथान पालिका शिक्षा अधिकृतहरुको सहभागीता थियो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।