one
विज्ञापन

होनहार बासकेटबल खेलाडी किशोर रेवाहाङ रुन्छेन्बुङ राईको सम्झनामा स्थापित रेवाहाङ रुन्छेन्बुङ राई स्मृति प्रतिष्ठान वार्षिक कार्यक्रम .....

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरानमा एउटा यस्तो संस्था छ, जसले एउटा परिवारको असह्य पीडालाई समाज परिवर्तनको शक्तिमा रूपान्तरण गरेको छ । होनहार किशोर रेवाहाङ रुन्छेन्बुङ राईको सम्झनामा स्थापित रेवाहाङ रुन्छेन्बुङ राई स्मृति प्रतिष्ठान आज खेलकुद, स्वास्थ्य र सामाजिक सेवामार्फत नयाँ पुस्तालाई प्रेरणा दिने अभियानमा सक्रिय रूपमा अघि बढिरहेको छ ।

प्रतिष्ठानले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै पारदर्शी र उत्तरदायी संस्थागत अभ्यासलाई निरन्तरता दिएको छ । प्रतिष्ठानकी कोषाध्यक्ष एवम् स्व. रेवाहाङकी आमा सुजाता राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार संस्थाको कुल आम्दानी रु. ७२ हजार २३५ रहेको छ । यसमध्ये अघिल्लो बैंक मौज्दात ४३ हजार ७९५ र आजीवन सदस्यताबाट . २८ हजार ४४० संकलन भएको हो । त्यस्तै, कुल खर्च रु. १८ हजार २६ भएको छ ।
हाल प्रतिष्ठानको बचत कोषमा रु. ५४ हजार २०९ मौज्दात रहेको छ । जसमध्ये राष्ट्रिय वाणिज्य बैंक, धरान शाखामा रु. ५१ हजार २३५ र नगद मौज्दात रु. २ हजार ९७४ रहेको कोषाध्यक्ष राईले जानकारी दिनुभयो । सीमित स्रोतसाधनका बाबजुद पारदर्शी हिसाबकिताब र नियमित प्रतिवेदन सार्वजनिक गर्ने अभ्यासलाई यो प्रतिष्ठानले सकारात्मक सन्देश दिएको छ । विद्यालय स्तरबाटै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले प्रतिष्ठानको स्थापना गरिएको प्रतिष्ठानका सचिव नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँले यसकालागि अक्षय कोष नै स्थापना गरेर जिल्ला बास्केट सुनसरी, धरान बास्केट बल संघ र हिमालय कलेजसँगको सहकार्यमा बास्केट बल प्रतियोगिताको आयोजना गर्दै आइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुख तिलक राईले रेवाहाङको परिवारले व्यक्तिगत शोकलाई समाजका लागि प्रेरणादायी अभियानमा रूपान्तरण गरेको उल्लेख गर्नुभयो । उहाँले आफ्नै सन्तान गुमाउनु पर्दाको पीडा असह्य भए पनि त्यसलाई शक्तिमा बदल्दै समाजका सबै वर्गलाई समेटेर वार्षिक रूपमा संस्थागत प्रतिवेदन र आर्थिक विवरण सार्वजनिक गर्नु अत्यन्त अनुकरणीय कार्य भएको बताउनुभयो । यस्ता अभियानले सक्षम र जिम्मेवार पुस्ता निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने उहाँको धारणा थियो ।

समाजसेवी नरेश शाक्यले अध्ययन र खेलकुद दुवै क्षेत्रमा अब्बल, भद्र र अनुशासित किशोर भएको स्मरण गर्दै उनको सम्झनालाई समाज विकाससँग जोड्नु गौरवको विषय भएको बताउनुभयो । यस्तै सुनसरी उद्योग वाणिज्य संघका महासचिव एवम् विजयपुर अस्पतालका सञ्चालक प्रभाव खतिवडाले प्रतिष्ठानले आगामी दिनमा सञ्चालन गर्ने स्वास्थ्य शिविरहरूलाई सफल बनाउन विजयपुर अस्पतालको तर्फबाट आवश्यक चिकित्सकीय, प्राविधिक तथा औषधिजन्य सहयोग उपलब्ध गराउन आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

चार बर्ष अगाडिदेखि व्यक्तिगत शोकलाई सिर्जनात्मक सामाजिक अभियानमा रूपान्तरण गर्दै खेलकुद, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर सक्रिय रहेको रेवाहाङ रुन्छेन्बुङ राई स्मृति प्रतिष्ठान आज धरानको एक प्रेरणादायी संस्थाका रूपमा परिचित बनेको छ । पारदर्शी व्यवस्थापन, सामुदायिक सहभागिता र भावी पुस्ताको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्यसहित अघि बढिरहेको प्रतिष्ठानले समाजमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने सशक्त सन्देश दिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन