धरान । धरानमा यस वर्षको गाईजात्रा केवल एउटा सांस्कृतिक पर्वका रूपमा सीमित रहेन, बरु शोक, स्मृति, मानवता र सामाजिक उत्तरदायित्वलाई एकै सूत्रमा बाँध्ने भावनात्मक उत्सवका रूपमा स्थापित भयो । नेवारी समुदायको मौलिक एवं ऐतिहासिक पर्व गाईजात्रा (सापारु) सिद्धि नेवाः परिषद् धरानको आयोजनामा भव्य, उल्लासमय तथा श्रद्धापूर्वक सम्पन्न भएको छ ।
बिहान शुभमुहूर्तमा धरान–७ स्थित सिद्धि नेवाः परिषद् भवनबाट धार्मिक विधिअनुसार प्रारम्भ गरिएको शोभायात्रा भानुचोक, छाताचोक, सिंहदेवी हुँदै पुनः परिषद् भवनमा पुगेर सम्पन्न भएको थियो । नगरको मुख्य बजार क्षेत्र परिक्रमा गर्ने क्रममा विभिन्न नेवारी संघ–संस्था, सांस्कृतिक समूह, स्थानीयवासी तथा सर्वसाधारणको उल्लेख्य सहभागिताले धरानको सांस्कृतिक जीवन्ततालाई झल्काएको थियो ।
यस वर्ष दिवङ्गत भएका परिवारजनहरूको स्मृतिमा ३६ वटा गाईजात्रा टोली सहभागी भएका थिए । गाईसहितका टोलीमा बालबालिका तथा युवाहरूलाई गाई, जोकर, रामायणका पात्र तथा विभिन्न सांस्कृतिक भेषभूषामा सजाएर बाजागाजासहित नगर परिक्रमा गराइएको दृश्यले दर्शकहरूको विशेष आकर्षण बटुलेको थियो ।
परम्परागत रूपमा दिवङ्गत पितृहरूको आत्मशान्तिको कामनासहित मनाइने यो पर्व नेवारी सँस्कृतिका साँस्कृतिक पर्वको रुपमा रहेको गाइजात्रामा सहभागीहरुले बताएका छन् ।
उनीहरुले गाईजात्रा शोकलाई शक्तिमा, व्यक्तिगत पीडालाई सामाजिक सद्भावमा तथा संस्कृतिलाई सामाजिक एकतामा रूपान्तरण गर्ने पर्व भएको उल्लेख गरेका छन् । उनीहरूले बहुजातीय र बहुसांस्कृतिक समाजमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सामाजिक एकताको सन्देश प्रवाह गर्न गाईजात्राको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
धरानका समाजसेवी एवम् शिक्षासेवी राजविमल श्रष्ठल यस्ता ऐतिहासिक तथा मौलिक सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि यो पर्वलाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभयो ।
गाइजात्रा एक बर्ष अगावै मृत्यु भएका आफ्ना दिवगत पितृ तथा आफन्तको नाममा निकालिने नेवारी समुदायको एउटा सस्कृति हो तर यस बर्ष भने दिवंगत भएका पितृ, आफन्तसँगै भोटेकोशीको वितण्डाबाट ज्यान गुमाएका नेपालीहरुको सम्झनामा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मनाइएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।