धरान । दशैका समयमा मासुका परिकारको बढी महत्व हुने भएकोले धरानस्थित कृषि बजारमा अहिले खसी बोका खरिद विक्रीका लागि व्यापारी, कृषक तथा उपभोक्ताको भीड लागेको छ ।
धरान १३ स्थित कृषि बजारमा अघिल्लो शुक्रबार नगन्य रुपमा आएका खसी बोका यो शुक्रबार भने ठूलो संख्यामा कृषक तथा व्यापारीहरुले विक्रीका लागि ल्याएका छन् । खसी बोका विक्री गरेर दशै टार्ने ध्याउन्नमा कृषक तथा व्यापारीहरु रहेका छन् भने उपभोक्ता भने सर्वसुलभढंगबाट खरिद गरी दशै मनाउने ध्याउन्नमा रहेको पाइएको छ ।
लगातारको बर्षाद् तथा मुलुकमा भएको जेनजी आन्दोलनको प्रभाव सबैतिर पर्दा पशु बजारमा पनि यसको प्रभाव भएको पाइएको छ । कृषि बजारमा अहिले खसी बोका जिउँदो प्रतिकेजी ५ सयदेखि ६ सय रुपैया सम्ममा कारोबार भइरहेको छ । पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत तराईका जिल्लाहरुबाट समेत यो बजारमा प्रसस्त खसी बोका विक्रीका लागि ल्याएका थिए । बर्षाद र जेनजी आन्दोलनका कारण शिथिल भएको बजार यो शुक्रबार भने चलायमान भएको पाइएको छ । यसलाई अझै चलायमान बनाउनका लागि हप्तामा एक पटक लाग्ने पशु बजारलाई दुई देखि तीन पटक लगाउने तयारी स्थानीय सरकारको रहेको छ ।
कृषि सामाग्री खरिद विक्रीको केन्द्र कृषि बजारमा यस बर्ष विगतको बर्षभन्दा सर्वसाधारणमा उत्साह कमभएकै कारण कारोबारमा समेत कम हुने आंकलन कृषि बजार व्यवस्थापन समितिले गरेको छ । लगतारको बर्षाद्ले गर्दा सडक विग्रिएर बजारसम्म खसी बोका ल्याउन कृषकलाई धौ धौ पर्नु र भर्खरै मुलुकमा भएको जेनजी आन्दोलनका प्रभावका कारण गत बर्ष दशैको अन्तिम शुक्रबार मात्र १० करोड भन्दा बढी मूल्य बराबरको ५ हजार थान खसीबोकाको कारोबार भएको भएपनि यसपटक भने ९ करोड मूल्य बराबरको ४ हजार ५ सय वटा खसी बोका विक्री हुने अनुमान कृषि बजारको छ ।
जेनजीको आन्दोलनका कारण दशैभित्रमा मुलुक नै तंगिने हो होइन भन्ने अवस्थामा समेत नेपालीहरुले दशैलाई राष्ट्रिय चाडको रुपमा मनाउने तयारी गरिरहेका छन् । खसी बोका कारोबारमा केही कमी आएपनि दशैको उत्साह नेपालीमा कम छैन भन्ने भान खसी बोका बजारमा भएको कारोबारबाट प्रष्ट हुन्छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।