सुनसरी र झापा जिल्लाको बिभिन्न स्थानहरुबाट भदौ १३ गते लागूऔषध सहित ८ जनालाई पक्राउ गरीएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले सुनसरीको इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट प्र.१-०२-०४६ प २२६५ नम्बरको स्कुटर चालक ईटहरी उप-महानगरपालिका-१० का जयराम चौधरी र पछाडी सवार अनुराग चौधरीलाई ३ ग्राम १२० मिलीग्राम लागू औषध ब्राउन सुगर सहित, मोरङको सुन्दरहरैँचा नगरपालिका-६ का ३८ वर्षिय खिलाराज राई र सुन्दरहरैँचा-९ का ३४ वर्षीय बिनोद लिम्बुलाई ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित, CRV सोनापुरले दुहबी नगरपालिका-८ का २६ बर्षीय सन्दिप कार्कीलाई १ ग्राम ४६० मिलिग्राम, २७ वर्षीय अनिस कार्कीलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी चौकी देउराली सुनसरीले विशेष सूचनाको आधारमा धरान उप-महानगरपालिका ५ का २१ बर्षीय राजेश राईको घर कोठाबाट ३ सय ४० मिलिग्राम ब्राउन सुगर, लागू औषध गाँजा १०० ग्राम र नगद रुपैया १० हजार ६ सय ४० सहित राईलाई नियन्त्रणमा लिएको छ । यसका साथै लागू औषध नियन्त्रण ब्यूरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपलिका-३ स्थितबाट बिर्तामोड-२ का ३४ वर्षीय सरोज भट्टराईलाई ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।