one
विज्ञापन

प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद ,४ सय ६० किलोग्राम लागूऔषध गाँजा सहित सवारी साधन नियन्त्रणमा

Article Image
Article Image

मोरङ, मंसिर १७ गते
मोरङको धनपालथान गाउँपालिका(१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको छ । मंसिर १६ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका(१ गडेरीया टोल स्थित बाँसको झ्याङमा २ वटा झोलामा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको हो । लागू औषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको छ । चेकजाँचको क्रममा सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान(१३ स्थितबाट प्रतिवन्धित औषधी २७६ चक्की सहित १ जनालाई पक्राउ गरेको छ । त्यसतै सुनसरीको इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले लागूऔषध ब्राउन सुगर ओसार पसारमा संलग्न रहेका ४ जनालाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम र २ जनालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । मंसिर १६ गते दिउँसो सुनसरीको रामधुनी नगरपालिका(१ स्थितमा लागू औषधको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका(५ का ३६ बर्षीय साहबुदिन आलम, इटहरी उप(महानगरपालिका(१८ का २० बर्षीय मोहमद साबिर, २४ बर्षीय रहमत अली र २४ बर्षीय मोहमद असलमलाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । सोही दिन झापाको प्रहरी चौकी टाघनडुब्लाले शिवसताक्षी नगरपालिका(६ का ओम नारायण राजबंशी र मनोज राजबंशीलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसतै
सुनसरीको इनरुवा नगरपालिका(९ स्थित इनरुवा( जाल्पापुर भित्री सडक खण्डबाट ४ सय ६० किलोग्राम लागूऔषध गाँजा सहित सवारी साधन नियन्त्रणमा लिईएको छ । मंसिर १६ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक केशव कुमार थेवेको कमाण्डमा खटिएको प्रहरी टोलीले सडक छेउमा रोकी राखेको बा। ३ च ५५८५ नम्बरको स्कारपियो गाडीलाई संका लागी चेकजाँचको क्रममा गाडी भित्र १६ वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको ४ सय ६० किलोग्राम गाँजा बरामद गरेको हो । गाडीबाट गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न चालकको खोजतलास भईरहेको छ । यसै गरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान(१३ स्थितमा चेकजाँचको क्रममा शहिदभूमी गाउँपालिका(७ का रोहन राईलाई ८ किलो ४९५ ग्राम गाँजा सहित पक्राउ गरेको छ । त्यसतै भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । मंसिर १६ गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुरबाट र अस्थायी प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका वडा एरियाका बिभिन्न स्थानमा करिव ६३ रोपनी क्षेत्रफलमा रहेका ६ हजार ८ सय वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ भने धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाँउपालिका(३ स्थित डाँडापाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेको ८ सय वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन